जाजरकोटमा मध्यरातमा पहिरो : आफू भागे तर सकेनन् परिवार जोगाउन
जाजरकोट : गएराति खसेको पहिरोमा पुरिएर जाजरकोटमा एकै परिवारका तीनजनाको ज्यान गएको छ। एकजना घाइते भएका छन्। राति करिब १ बजेतिर घरमाथिको ढिस्कोले पुरिएर जाजरकोटको भेरी नगरपालिका २ तिमिलेमा तीनजनाको मृत्यु भएको हो। दलबहादुर वलीको घर ढिस्कोले पुरिएको थियो। दलबहादुर घरबाहिरको कोठामा सुतिरहेकाले भागेर ज्यान जोगाए तर उनकी श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरू ९ वर्षीया […]