शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश १
  • एलपी ग्यास र हवाई इन्धनको मूल्य घट्यो

एलपी ग्यास र हवाई इन्धनको मूल्य घट्यो

  • शनिबार, अशोज ४, २०७६
एलपी ग्यास र हवाई इन्धनको मूल्य घट्यो

काठमाण्डौ / हवाई इन्धन र एलपी ग्यासको मूल्य घटेको छ । नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागू हुनेगरी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयौ र अन्तराष्ट्रिय उडान तर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर घटाएको हो ।

मूल्य घटेपछि ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ३ सय ५० रुपैयाँ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य केही घटेको छ ।

सेप्टेम्बर १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य घटेर आएको थियो । यद्धपी पेट्रोल , डिजेल र मट्टीतेलको मूल्य भने यथावत रहेको छ । यस अघि भारतबाट पाइपलाइनबाट इन्धन भित्र्याउन शुरु गरेकै दिन निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार