शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश १
  • सुदूरपश्चिमका यी सात स्थानीय तहका वडामा मंसिर १४ गते उपनिर्वाचन हुने

सुदूरपश्चिमका यी सात स्थानीय तहका वडामा मंसिर १४ गते उपनिर्वाचन हुने

  • मङ्लबार, भदौ १७, २०७६
सुदूरपश्चिमका यी सात स्थानीय तहका वडामा मंसिर १४ गते उपनिर्वाचन हुने

धनगढी । मंसिर १४ का लागि तोकिएको उपनिर्वाचन ४७ जिल्लामा हुने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य(१, प्रदेशसभा सदस्य-३, उपमहानगरपालिका प्रमुख-१, गाउँपालिका अध्यक्ष-३, गाउँपालिका उपाध्यक्ष-१, वडाध्यक्ष-४१ सहित ५० पदका लागि निर्वाचन गर्न लागेको हो।

उपनिर्वाचनमा भाग लिन आयोगले दल दर्ताको आब्हानसमेत गरिसकेको छ । यसरी स्थानीय तह अन्तर्गत सुदूरपश्चिमका बाजुराको त्रिवेगी-१, अछामको मेल्लेख-५ , डोटीको आदर्श-२, कञ्चनपुको पुर्नवास-३, वैतडीको पुचौंदी -४,  सुर्नया-१ र दोगडकेदारको वडा नम्बर ४ मा उपनिर्वाचन हुनेछ। निर्वाचन आयोगका प्रवक्ता शंखर प्रसाद खरेलले ऐनले ‘क्लियर’ गरेकाले समस्या नहुने भन्दै उपनिर्वाचन परम्परागत प्रणालीकै हुने बताएका छन्। विद्युतीय मतदानका लागि समयाभाव रहेकाले नयाँ प्रविधि प्रयोग गर्न नसकिने आयोगले स्पष्ट पारेको छ।

गत फागुन १५ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र कास्की-२ सहित ५० पदका लागि निर्वाचन हुन लागेको हो।यसैगरी, दाङ-३ ‘ख’ बाट प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तमकुमार ओली, भक्तपुर-१ ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य हरिशरण लामिछाने र बागलुङ-२ ‘ख’बाट निर्वाचित राष्ट्रिय जनमोर्चाका सांसद टेक बहादुर घर्ती विजयी भएको निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

देशभर कहाँ कहाँ हुँदैछ त निर्वाचन हेराैं तालिका

चर्चामा

सम्बन्धित समाचार