बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश १
  • दशैंमा घर जाने यात्रुलाई आजबाट अग्रिम टिकट खुल्ला

दशैंमा घर जाने यात्रुलाई आजबाट अग्रिम टिकट खुल्ला

  • आइतवार, अशोज ५, २०७६
दशैंमा घर जाने यात्रुलाई आजबाट अग्रिम टिकट खुल्ला

काठमाडौं / आजबाट दशैँको टिकट बुकिङ खुल्ने भएको छ । दशैं मनाउन उपत्यका बाहिर घर जाने यात्रुका लागि आज ९आइतबार० बाट अग्रिम टिकट खुल्ने भएको हो ।

यातायात व्यवस्था विभागमा केही दिन अघि यातायात व्यवसायीसँग भएको छलफलअनुसार असोज पाँच गतेबाट टिकट सुरु गरेको हो ।

आजबाट लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुल्ने भएपनि काठमाडौं उपत्यका नजिकका जिल्लाका लागि भने टिकट बुकिङ खुल्न अझै केहि दिन लाग्ने पाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाति र लगनखेललगायतका स्थानमा टिकट बुकिङ सुरु हुनेछ । यसपटकको दशैँमा करिब ३५ लाख मानिसले काठमाडौं छाड्ने गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार