शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ६
  • नेकपा बाजुराले ४१ औ पुष्पलाल स्मृति दिवस बृक्षारोपण गरेर मनायो ।

नेकपा बाजुराले ४१ औ पुष्पलाल स्मृति दिवस बृक्षारोपण गरेर मनायो ।

  • मङ्लबार, साउन ७, २०७६
नेकपा बाजुराले ४१ औ पुष्पलाल स्मृति दिवस बृक्षारोपण गरेर मनायो ।

पदम सि‌ह
बाजुरा ७ साउन । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी, नेपालमा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४१ औ स्मृति दिवस बाजुरामा पनि मनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा बाजुराको आयोजनामा बाजुरा क्याम्पस परिश्रमा बृक्षारोपण गरेर मनाएको छ । पूर्व प्रतिनिधि सभाका माननिय सदस्य तथा सुदुर पश्चिम प्रदेश कमिटी सदस्य बसुन्धरा रोकायको प्रमुख आथित्यमा उक्त कार्यक्रम गरेको हो । नेपाली जनताको अधिकारका लागि आन्दोलनको अगुवाई पुष्पलालले गरेको थियो । यही आन्दोलनका कारण तत्कालीन श्री ३ पद्मशमशेरले देखावटी नै भए पनि जनताका अधिकारबारे सम्बोधन गर्न बाध्य भएका थिए । यसको फलस्वरूप नेपालको वैधानिक कानुन, २००४ जारी गर्न पद्मशमशेर बाध्य भए । त्यसैको फलस्वरुप नेपाली जनताले प्रजातन्त्रको महसुस गर्न पाएका थिए ।

उहाको नेकपा पार्टीको लागि गरेको त्याग कार्यकर्ताले कहिल्यै नर्बिसने र उहाका सपना साकार पर्नको लागी आ आपसमा टुटेर होइन जुटेर लाग्नु पर्ने कार्यक्रमका सहभागीले बताए । अहिले नेपालमा दुई तिहाइको सरकार नेकपाकै भएको समयमा जनताको मर्म र भाबनाबाट अगाडी बढे उहाको सपना साकार हुने बताएको छ । कार्यक्रममा नेकपा बाजुरा जिल्लाक कमिटीकास सदस्य,स्वबियु पत्रकार लगाएको बाजुरा क्याम्पसका प्राध्यापकहरु लगाएतको उपीस्थति रहेको थियो ।
कार्यक्रमाको संचालन नेकपाका जिल्ला कमिटी सदस्य तथा कार्यलय सचिव काशी विकले गरेको थिए ।

चर्चामा

सम्बन्धित समाचार