इलाममा आयोजित नयाँ वर्षको कार्यक्रममा भागदौड, एक दर्जन बढी घाइते
नयाँ वर्षको अवसरमा इलाम सदरमुकाममा भएको कार्यक्रममा अत्यधिक भिडका कारण भागदौड मच्चिँदा एक दर्जनभन्दा बढी घाइते भएका छन् । सदरमुकाममा रहेको ठूलो टुँडिखेलमा आयोजित मेला र साङ्गीतिक कार्यक्रममा भिडमा मानिसहरू च्यापिएपछि भागदौड मच्चिँदा उनीहरू घाइते भएका हुन् । घाइते हुनेहरूमा इनपा–७ का प्रज्ञा भट्टराई र प्रभा भट्टराई, सूर्योदय नगरपालिका–१४ की कुमारी लिम्बु, देउमाई नगरपालिका–६ की […]