मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्रदेश १
  • इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा

इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा

  • शनिबार, चैत्र २४, २०८०
इलाम-२ का लागि १३ उम्मेदवारी दर्ता, स्वतन्त्रबाट दर्ता गर्न अझै लाइनमा

इलाम — आगामी वैशाख १५ गते इलामा क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्रबाट १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । शनिवार बिहान ११ बजेदेखि पौने ५ बजेसम्म १३ जनाको उम्मेदवारी परेको र अझै केही स्वतन्त्र उम्मेदवार मनोनयन दर्ताका लागि लाइनमा रहेको मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले रातोपाटीलाई जानकारी दिए ।\

हालसम्म नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एस, नेपाल मजदुर किसान पार्टी लगायतका उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गराएका छन् ।

एमालेबाट सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मङ्गोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बूले मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बू, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन् । अहिले मनोनयन दर्ताका लागि प्रक्रियामा रहेकाहरूको साँझ साढे ५ बजेसम्म उम्मेदवारी दर्ता भइसक्ने मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार