मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्रदेश १
  • एमाले उम्मेदवार सुहाङ नेम्वाङले दर्ता गराए मनोनयन

एमाले उम्मेदवार सुहाङ नेम्वाङले दर्ता गराए मनोनयन

कांग्रेसका डम्बर खड्काकाे पनि उम्मेदवारी दर्ता

  • शनिबार, चैत्र २४, २०८०
एमाले उम्मेदवार सुहाङ नेम्वाङले दर्ता गराए मनोनयन

इलाम— इलाम २ मा नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । एमालेका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका हुन् ।

१५ वैशाखमा हुने उपनिर्वाचनका लागि इलाम २ मा सुहाङसहित ७ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

एमालेले उपनिर्वाचनका लागि चुनावी कमाण्डर बनाएकी पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया तुम्वाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवे, जिल्ला अध्यक्ष महेश बस्नेतसहित तहका नेता मनोनयन दर्ता गराउने कार्यक्रममा सहभागी भएका थिए ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पनि मनोनयन दर्ता गराएका छन्। इलाम-२ को उपनिर्वाचनका लागि उनले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेसका डम्बर खड्काले गराए उम्मेदवारी दर्ता

चर्चामा

सम्बन्धित समाचार