शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश १
  • इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

बझाङ प्रदेशसभा १ मा दामन भण्डारी

  • आइतवार, चैत्र ११, २०८०
इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौँ — नेकपा एमालेले वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेको उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीलेले बताए । उनी एमालेका दिवङ्गत नेता सुवास नेम्वाङका कान्छा छोरा हुन् । हृदयघातबाट सुवासको गएको भदौ २६ गते निधन भएको थियो ।

यस्तै एमाले प्रदेश सभा अन्तर्गत बझाङ प्रदेशसभा १ बाट दामन भण्डारीलाई उम्मेदवार हुने भएका छन् । पार्टीको सचिवालय बैठकले एमालेका बझाङ जिल्ला अध्यक्ष समेत रहेका भण्डारीलाई उम्मेदवार चयन गरेको जनाएकाे छ । बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । यस्तै सचिवालय बैठकले ऐन महरलाई पुन: केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय भएको छ।

 

चर्चामा

सम्बन्धित समाचार