विद्यार्थी अन्जु दाहालको न्यायको निम्ति सरकार गम्भिर देखिएन: महामन्त्री तिमल्सिना
काठमाण्डाै — सिन्धुपाल्चोक जिल्ला,त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ निवासी काेटेश्वर बहुमुखी क्याम्पस B.Ed.प्रथम वर्षमा अध्ययनरत छात्रा अन्जु दाहालको हिजो बिहान क्याम्पस जाने क्रममा ललितपुरकाे बागडाेलमा गाडीको ठक्करवाट मृत्यु भएको घटनाको विरुद्ध, घटनाको छानबिन,सवारी चालकलाई कानुनी कारवाही र पिडित परिवारजनमा उचित राहत र क्षतिपूर्तिको माग गर्दै कोटेश्वर चोकमा विद्यार्थीहरुले आज बिहान विशाल प्रदर्शन गरेका छन । […]