शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पाटी (एकिकृत समाजवादी) समायोजन

बाजुरामा जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पाटी (एकिकृत समाजवादी) समायोजन

  • मङ्लबार, चैत्र १५, २०७८
बाजुरामा जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पाटी (एकिकृत समाजवादी) समायोजन

बाजुरा — बाजुरामा जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पाटी (एकिकृत समाजवादी) पार्टी समायोजन भएको छ ।

मंगबार एक औपचारिक कार्यक्रमका बिच जनता समाजवादी पाटी नेपाल कम्युनिष्ट पाटी (एकिकृत समाजवादी) संग समायोजन भएको नेकपा (एस) पार्टी बाजुराका सचिव पुरबहादुर रावतले बताएका छन् । जनता समाजवादी पाटी आजकै मितीबाट सम्पुणर् रुपमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी जिल्ला कमिटी बाजुरामा सहमती भएको घोषण पत्र सहित पाटी समायोजन गरिएको सचिव रावतले बताएका छन । जनता समाजवादी पार्टी बाजुरा संग आवद्ध सम्पुणर् सदस्यहरुले नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको विचार,निती नियम र बिधानलाई आत्मसाथ गर्दै पार्टी समायोजन गरिएको जनता समाजवादी पाटील जनाएको छ ।

जनता समाजबादी पाटी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी सँग समायोजन भएपछी जनता समाजवादी पार्टीका केन्द्रिय र संघिय कमिटीमा रहेका सदस्यहरुलाई जनता समाजवादी पार्टीको कार्यदलको सिफारिसमा २ जनालाई नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको प्रदेश कमिटीमा समायोजन गर्नका लागी प्रदेश कमिटीलाई अनुरोध गर्ने समेत बताइएको छ । जनता समाजबादी पाटी बाजुरा जिल्ला बाट रिक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी समायोजन गरेका ३ जनालाई जिल्ला कमिटीको सचिवालयमा राख्ने , ५ जनालाई जिल्ला कमिटीमा समायोजन गर्ने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) केन्द्रिय सदस्य तथा बाजुराका अध्यक्ष गंगन रावलको अध्यक्षतामा समायोजन गरिएको कार्यक्रमका प्रमुख अथिती नेपाल एसका केन्द्रिय सदस्य हिक्मत शाही प्रमुख अथिती रहेका थिए । त्यसै गरि कार्यक्रममा नेपाल एसका पार्टी बाजुराका सचिव पुरबहादुर रावत, जनता समाजवादी पार्टी बाजुराका संयोजक नरेन्द्र रावल लगाएत नेता ,कार्यकर्ता तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार