सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • सशस्त्र प्रहरी बल नेपालको आयोजनामा निशुल्क स्वास्थ्य शिबिर संचालन

सशस्त्र प्रहरी बल नेपालको आयोजनामा निशुल्क स्वास्थ्य शिबिर संचालन

  • शुक्रबार, चैत्र ११, २०७८
सशस्त्र प्रहरी बल नेपालको आयोजनामा निशुल्क स्वास्थ्य शिबिर संचालन

बाजुरा– बाजुराको बुढिगङ्गा नगरपालिकामा निशुल्क स्वास्थ्य शिबिर सन्चालन भएको छ । सशस्त्र प्रहरी बल नेपालको आयोजना र महान्यायाधिवक्ताको कार्यलय रामशाह पथको आर्थिक सहयोग र बुढिगंगा नगरपालिकाकाे समन्वयमा उक्त शिबिर सन्चालन गरिएकोे हो । उक्त शिबिरमा दुई हजार भन्दा बढीले सेवा लिन सक्ने अनुमान समेत गरिएको आयोजक नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बुले जनाएको छ ।
उक्त शिबिरमा हाड जोर्नि तथा नसा रोग विशेषज्ञ , स्त्रीरोग विशेषज्ञ आखा रोग सम्बन्धि सेवा नाक,कान, घाँटी रोग विशेषज्ञ छाला रोग विशेषज्ञ बालरोग विशेषज्ञ ,अल्ट्रासाउन्ड सेवा ,औषधि वितरण सेवा  एक्स-रे सेवा, ई.सि.जि सेवा लगायतका सेवाहरु दिने भएको छ । उक्त शिबरको उद्घाटन एक कार्यक्रमका बिच महान्यायाधिवक्ता खम्म बहादुर खातीले गरेका छन ।
चैत्र ११ गते देखी १३ गते सम्म संचालन हुने सो शिबिरको एक कार्यक्रमका बिच उद्धघाटन गरिएको बुढिगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहले बताएका छन । नगर प्रमुख दिपक बिक्रम शाहको अध्यक्षतामा संचालन भएको सो कार्यक्रमका प्रमुख अतिथि महान्यायाधिवक्ता खम्म बहादुर खाती रहेका थिए । बाजुरा टाटे स्वास्थ्य चौकीका बिष्णु जोशीले संचालन गरेको सो कार्यक्रमको स्वागत बुढिगंगा नगरपालिकाकी प्रमुख प्रशासकिय अधिकृत कल्पना ठगुन्नाले गरेको नगरपालिकाले जनाएको छ ।

No description available.
उद्धघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेले प्रहरी नायव उपरिक्षक लगायत जिल्ला स्थित बिभिन्न संचार माध्याममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो । तिन दिन सम्म संचालन हुने सो शिबिरमा बिशशेज्ञ सहितको सेवा प्रदान गर्ने र केहीलाई रिफर गर्नुपर्ने अबस्था आएमा नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख शाहले बताएका छन ।
प्रमुख अतिथि समेत रहेको महान्यायाधिवक्ता खम्म बहादुर खातीले आफु जिल्लामा आउदा गरेको मायाको रिणी भएको र यसले जिल्ला प्रति थप उत्तरदायी बनाएको कार्यक्रममा सम्बोद्धन गर्दै भनेका थिए । आफुले जिल्लाको बिकाशका सवालमा एक रत्ति टाढा नजाने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार