मदिरा सेवनबाट पाँच जनाको मृत्यु
जनकपुरधाम : धनुषामा मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-२ स्थित रमदैया भवाडीमा मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको हो। होली पर्वमा अत्यधिक घरेलु मदिरा सेवन गरेका पाँचै जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ। मृत्यु हुनेहरुमा क्षिरेश्वरनाथ नगरपालिका-२ रमैदयाका ३० वर्षीय राजु महरा, रामनारायण महरा, ३५ वर्षीय ब्रहमदेव यादव, […]