शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा शववाहन नहुदा फोहोर फाल्ने टिफर र यात्रु बोक्ने गाडिमा शव बोक्दै

बाजुरामा शववाहन नहुदा फोहोर फाल्ने टिफर र यात्रु बोक्ने गाडिमा शव बोक्दै

  • शुक्रबार, बैशाख ३१, २०७८
बाजुरामा शववाहन नहुदा फोहोर फाल्ने टिफर र यात्रु बोक्ने गाडिमा शव बोक्दै
फाइल फाेटाे

बाजुरा–बाजुरामा शव बाहन नहुदा कोरोना बाट मृत्यु भएकालाई फोहोर फाल्ने टिफर र यात्रु बोक्ने जिपमा बोकेर लग्ने गरेका छन् । जिल्लाभरी शववाहन नहुँदा बडिमालिका नगरपालिकाको फोहोर बोक्ने टिफरले शव बोक्ने गरेको थियो । केही दिन पहिला नगरपालिको यात्रु बोक्ने जिप भाडामा लगेपछि अहिले जिवले शव बोकेर घाट सम्म पुुयाउने गरेको छ ।
बाजुरामा कोरोना कहर शुरु भएदेखी ५ जनाको मृत्यु भइसकेको छ । अस्पताल बाजुराले २ बर्ष सम्म पनि शव वाहन खरिद नगरेकाले फोहोर बोक्ने टिफर र गाडिमा शव बोक्नु परेको बडिमालिका नगरपालिकाले जनाएको छ ।
जिल्ला अस्पताल बाजुराले आर्थिक बर्ष ०७६।०७७ मा शव वाहन खरिदका लागि आएको रकम खरिद गर्न नसकेर फिर्ता गएको थियो । यो आर्थिक बर्षमा साउनमै शव वाहन र एम्बुलेन्स खरिदका लागि १५ लाखका दरले प्रदेश सरकारले पैसा पठाएको भएपनि अहिले सम्म खरिद गर्न सकेको छैन् । जिल्ला अस्पताल बाजुरा तथा सदरमुकाम मार्तडी शव वाहन र एम्बुलेन्स नहुँदा कोरोनाका बिरामी समस्या भोग्नु परेको छ ।
जिल्ला अस्पताल बाजुराका निमित्त कार्यलय प्रमुख डा. प्रकाश जोशीले भन्छन् शव वाहन नहुदा निकै समस्या भएको वताए । अस्पतालमा गएको आर्थिक बर्ष एम्बुलेन्स र शव वाहान खरिदका लागि बजेट आएको थियो । त्यो बर्ष खरिद गर्न नसकेर रकम फिर्ता भएको जोशीले वताए । यो बर्ष पनि एम्बुलेन्स र शव वाहान खरिदका लागि बजेट आएको छ, बल्ल खरिद गर्ने प्रक्रियामा पुुगेको अस्पताल बाजुराका प्रमुख डा. जोशीले वताए ।
एम्बुलेन्स र शववाहान खरिदका लागि १५ लाखका दरले बजेट आएको जोशीले वताए । अहिले प्रक्रियामा गएको छौ एकदुुई महिना लाग्ने उनले वताए । पहिला प्रक्रियामा गएको भए चाडै जिल्ला अस्पतालमा शव वाहन र एम्बुलेन्स आइसक्ने थियो, अहिले प्रक्रियामा जादा अझै समय लाग्ने वताए ।
जिल्ला अस्पतालमा एम्बुलेन्स र शववाहनको लागि बजेट आएर पनि खरिद नहुनुले बिरामीले निकै सास्ति भोग्नु परेको छ । आएको बजेट पनि कार्यन्वयन गर्न नसक्ने अस्पताल प्रति स्थानिय प्रश्न खडा गरेका छन् । एम्बुलेन्स नहुँदा अझ कोरोनाका बिरामीले गाडि नहुदा निकै सास्ति भोग्नु परेको छ । कोरोना बाट मृतकका आफन्तले भन्छन्, मरेको लाश पनि फोहोर बोक्ने गाडिमा लिनुपर्दा आफुहरुलाई निकै पिडा बोध हुने गरेको बताउँछन् ।
कोरोना संक्रमतिले घर बाट जिल्ला अस्पतालमा उपचारका लागि जान र तथा अस्पतालले थप उपचारका लागि जिल्ला बाहिर लिन खोजेपनि एम्बुलेन्स नहुदा गाडि नपाउने गरेका छन् । अन्य बिरामीलाई त प्राभइभेट जिवहरुले बोक्ने गरेको छ, कोरोना बिरामीका लागि भने गाडि नपाईने गरेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले वताएका छन् ।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले भने सदरमुकाम मार्तडी एउटा पनि शव वाहन नहुदा निकै समस्या भएको वताए । अहिले बडिमालिका नगरपालिकाले प्राइभेट गाडि भाडामा लिएको छ, चाडै एम्बुलेन्स र शववाहनको ब्यबस्थापन गर्न लागेको वताए ।

चर्चामा

सम्बन्धित समाचार