शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकाले कोरोनाका बिरामी र शव बोक्नलाई गाडि भाडामा लग्यो

बडिमालिकाले कोरोनाका बिरामी र शव बोक्नलाई गाडि भाडामा लग्यो

मासिक २ लाख भन्दा महँगो भाडामा

  • शुक्रबार, बैशाख ३१, २०७८
बडिमालिकाले कोरोनाका बिरामी र शव बोक्नलाई गाडि भाडामा लग्यो

बाजुरा–बडिमालिका नगरपालिकाले एम्बुलेन्सन नभएपछि कोरोनाका बिरामी बोक्न र कोरोना बाट मृत्यु भएकाको शव बोक्नलाई प्राइभेट गाडि भाडामा लगेको छ । नगरपालिकामा एम्बुलेन्सको ब्यबस्थापन नहुदा सम्मका लागि गाडि भाडामा लगेको प्रमुख प्रशासकिय अधिकृत धुुब्र प्रसाद कोइरालाले वताएका छन् ।
सदरमुकाम मार्तडी भित्र तेल सहित दैनिक ७ हजार र नगरपालिका बाहिर जानु परेमा दैनिक १० हजार डिजेलको अलग तिर्ने गरि भाडामा लगेको नगरपालिको जनाएको छ । जिव सञ्चालनमा नआएपनि दैनिक ७ हजार भाडा तिनुपर्ने गरि सम्झौता भएको छ । सरदर मासिक २ लाख १० हजार भन्दा बढि नगरपालिकाले भाडा तिर्ने गरि प्राइभेट जिव लिएको प्रशासकिय अिधकृत कोइरालाले वताए ।
सदरमुकाम मार्तडीमा शववाहन र एम्बुलेन्स नभएपछि बाध्य भएर प्राइभेट गाडि भाडामा लगेको नगर प्रमुख पदम बडुवालले वताएका छन् । एम्बुलेन्सको ब्यबस्थापनमा लागेका छौ, एम्बुलेन्स ब्यबस्थापन चाडै गर्न लागेको नगरप्रमुख पदम बडुवालले वताए । नगरपालिकाले सहजताका लागि गाडि भाडामा लगेको भएपनि भाडा भने २ लाख भन्दा महँगो भएको स्थानियको गुनासो गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार