बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • हिमाली गाउँपालिकाको घर घरमा पुुगे स्वास्थ्यकर्मी, कोरोनाको जाँच तथा परामर्श दिदै

हिमाली गाउँपालिकाको घर घरमा पुुगे स्वास्थ्यकर्मी, कोरोनाको जाँच तथा परामर्श दिदै

  • शुक्रबार, बैशाख ३१, २०७८
हिमाली गाउँपालिकाको घर घरमा पुुगे स्वास्थ्यकर्मी, कोरोनाको जाँच तथा परामर्श दिदै

बाजुरा–बाजुराको दुुर्गम हिमाली गाउँपालिका स्वास्थ्यकर्मी घर घरमै पुुगेर कोरोना बिरामीको खोजि तथा उपचार परामर्श दिइरहेका छन् । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ सग मिल्दो जुल्दा लक्षण भएका बिरामी समुदाय स्तरमा यत्रतत्र देखिन थालेपाछी गाउँपालिकाले स्वास्थ्यकर्मीहरुलाई घर भेट कार्यक्रम पठाएको निमित्त प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले वताएका छन् ।
गाउँपालिका ७ वटै वडाहरुका सबै समुदाय स्तरमा रहेका बस्ती टोलमा रहेका घर घरमा स्वास्थ्यकर्मी पुगेर नागरिक हरुको स्वास्थ्य अवस्था बुझ्ने गरेका छन् । साथै कोभिड १९ बाट वच्न बचाउ सकिने उपाय हरुको बारेमा सचेतना जगाउन घरभेट अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले वताए । कोभिड १९ को कहरले गर्दा समुदायका मानिसहरुमा त्रास फैलिएको कारण गाउँपालिकाले घर घरमै स्वास्थ्यकर्मी पठाएको छ ।
कोभिड १९ सग मिल्दोजुल्दो लक्षण भएका ब्यक्तिहरु पनि स्वास्थ्य संस्था जचाउन कोरोना लागेको भन्ने डरले नगई घरमै बसेको पाईपछि गाउँपालिकाले घरमै पुुगेर स्वास्थ्य सेवा शुरु गरेको गाउँपालिकाले जनाएको छ । गाउँमा बिरामीहरुको स्वास्थ्य अवस्था बुझ्न र कोभिड सग मिल्दोजुल्दो लक्षण भएकाहरूलाई थप सुझाव सल्लाह र लक्षणका आधारमा औषधि बितरण गर्न घर घरमा स्वास्थ्यकर्मी पुुगेर सेवा दिइरहेको निमित्त प्रशासकिय अधिकृत भण्डारीले वताए ।
गाउँमै स्वास्थ्यकर्मी पुुगेपछि स्वास्थ्य सल्लाह र चेकजाँच लिनेको संख्या बढेको पाईएको छ । स्वास्थ्य चौकीको पहुँचमा नपुुगेका र अशक्तका लागि यो घरभेट कार्यक्रमले निकै सहयोग भएको हिमाली गाउँपालिका ३ का नन्द रोकायाले वताएका छन् । उपचारका लागि टोलमा पुुगेकी स्वणर्ा सिंहले भनिन्, टोलमै पुुग्दा चेकजाँच तथा सल्लाह लिनको संख्या धेरै रहेको वताईन् । घरमै रोगले च्यापिरहेका बिरामीलाई सक्ने जति त्यहि उपचार गर्ने गरेका छौ, नभए स्वास्थ्य चौकी पठाउने गरेको वताईन् ।
स्वास्थ्यकर्मीको घर भेटघाट तथा उपचार परामर्श एक साताको रहेको छ । घरभेटघाट कार्यक्रममा २२ जना स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ । साथै खटिएका स्वास्थ्यकर्मीले पुणर् रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै नागरिक हरुलाई जनचेतना फैलाउने औषधि सामाग्री बितरण कार्य भइरहेको छ । गाउँपालिकामा हाल सम्म हाल सम्म २१ जना कोरोना संक्रमित रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार