शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीमा बस दुर्घटना

कैलालीमा बस दुर्घटना

  • बिहिबार, बैशाख ३०, २०७८
कैलालीमा बस दुर्घटना

धनगढी — कैलालीमा बस दुर्घटना भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुख्खडमा प्रदेश ०१००६ ख ३७९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको उक्त बस पूर्वतर्फ गइरहेको मोटरसाइकललाई बचाउन खोज्दा रुखमा ठोक्किएर दुर्घटनामा परेको हो।

उक्त दुर्घटनामा बसमा सवार बाजुराको स्वामीकार्तिक गाउँपालिका वडा नम्बर १ का १९ वर्षीय सुमन धामी घाइते भएको प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेका उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसमा अन्य १ जना मात्रै सवार थिए।

चर्चामा

सम्बन्धित समाचार