आयल निगम र उद्योगीबीच टकराव : ग्याँस पाउनै मुस्किल
काठमाडौं — काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थित रानीवन बस्ने शर्मिला सुवेदीले नजिककैको ग्याँस पसलमा खाना पकाउने ग्याँसका लागि नाम टिपाएको तीन दिन भइसक्यो । घरमा प्रयोग भइरहेको अर्को सिलिण्डरको ग्याँस रातो बल्न थाले लगत्तै उनले खाली सिलिण्डर भर्न बिक्रेताकोमा नाम टिपाएकी थिइन् । तर, ग्याँस पाउन अझै केही दिन लाग्ने जानाकारी उनले बिक्रेताबाट पाएको छ । […]