बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • समाज
  • पल प्रकरणः ‘गायिका’ले अदालतमा बयान फेरिन्, के भनिन् ?

पल प्रकरणः ‘गायिका’ले अदालतमा बयान फेरिन्, के भनिन् ?

  • आइतवार, बैशाख ४, २०७९
पल प्रकरणः ‘गायिका’ले अदालतमा बयान फेरिन्, के भनिन् ?

धनगढी — पल शाहविरुद्ध करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन्। आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन्।

पीडितको मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन्। नाबालिग गायिका होस्टाइल बनेसँगै मुद्दामा ट्विस्ट आएको छ। उनको बकपत्रले पल शाह पक्षमा खुसीयाली छाएको छ।

यता, बयान फेर्न प्रेरित गरेको आशंका पनि गरिएको छ। गायिकाको पक्षबाट गएका एक वकिलले भने– होस्टाइल भइन्, बयान पूरै रेडिमेट दिइरहेकी छन्। आफूलाई पलले करणी नगरेको भन्दैछिन्। प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिए त्यहि सारेकी हुँ भनिन्। जबकी उनले प्रहरी समक्ष आफूलाई पलले पोखरा, तनहुँ र गैंडाकोटमा गरेर तीनपटक करणी गरेको बताएकी थिइन्।

बयान फेरेको अवस्थामा अदालतले ६ वर्षसम्म कैद गर्ने कानूनी व्यवस्था छ।

चर्चामा

सम्बन्धित समाचार