शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको गुुम्बागाउँ मतदान केन्द्रमा ६० जना मतदाता

बाजुराको गुुम्बागाउँ मतदान केन्द्रमा ६० जना मतदाता

  • आइतवार, बैशाख ४, २०७९
बाजुराको गुुम्बागाउँ मतदान केन्द्रमा ६० जना मतदाता

बाजुरा–बाजुराको हिमाली गाँउपालिका ३ गुम्वामा रहेको मतदान केन्द्रमा ६० जना मतदाता रहेका छन् । जिल्लाका ७० ओटा मतदान केन्द्रका र १ सय १२ ओटा मतदान स्थलहरु रहेका छन् । सबैभन्दा कम मतदाता ६० जना गुम्बामा रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।
बाजुराको सर्वाधिक बिकटमा रहेको यो गाउँमा २०७४ सालको स्थानिय चुनावमा मतदान केन्द्र स्थापना भएको थियो । गुम्बा गाउँमा रहेको हिमाल भक्ति आधारभुक्त बिद्यालयमा मतदान केन्द्र रहेको छ । २०७४ सालको पहिलो चरणको स्थानिय चुनाव अगाबै बिभिन्न सञ्चारमाध्यममा गुम्वागाउँ बासिले मतदान गर्न बास बस्नु पर्ने समचार प्रकाशित पछि निर्वाचन आयोगको ध्यान गएको थियो । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यलय बाजुरालाई तत्काल मतदान केन्द्र स्थापना गर्न निर्देशन पछि मतदान केन्द्र स्थापना भएको हो ।
२०७४ सालको स्थानिय चुनाव अगाबै वडा नम्बर ३ बौडिमा भोट हाल्न जानुपर्ने बाध्यता रहेको थियो । मतदान गर्ने आवतजावत गरेर तिन दिन खर्च गर्नुपर्ने बाध्यता रहेको थियो । गुम्बा गाउँका बासिन्दाले गाउँमै मतदान केन्द्र स्थापना भएपछि तेस्रो पटक मतदान गर्ने भएका छन् । गुम्बा गाउँका ८५ बर्षिय छिरिङ्ग धोर्चे लामा गाउँमै मतदान केन्द्र स्थापना पछि तेस्रो पटक मतदानमा सहभागि हुने भएका छन् । गाउँमा मतदान केन्द्र नहुदा उनि २०७४ सालको स्थानिय चुनाव पहिला मतदान बाट बञ्चित हुदै आएका थिए ।
निर्वाचन आयोग काठमाडौले २०७४ जेठ २५ गते मतदान केन्द्र स्थापनको लागि जिल्ला निर्वाचन कार्यलयलाई अनुमति दिएको थियो । मतदान गर्न बाट बञ्चित हुदै आएका गुुम्बाबासि तेस्रो पटक मतदानमा सहभागि हुने भएका वडा सदस्य जगत बहादुर लामाले वताए । बाजुरामा ७० मतदान केन्द्र मध्ये ३८ मदनान केन्द्र अतिसंवेदनशील २५ संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले बाजुराले जनाएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ३८ मदनान केन्द्र अतिसंवेदनशील २५ संवेदनशील र ७ ओटा सामान्य रहेको जनाएको छ ।
जिल्लामा कुल ४२ हजार १ सय ५१ पुरुष र ४० हजार ५ सय ३७ महिला गरि जम्मा ८२ हजार ६ सय ९० जना मतदाता रहेका छन् । नेपाली काङ्ग्रेस, नेकपा (एमाले), राप्रपा, नेकपा लगायत १३ ओटा राजनीतिक दलहरूले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेका जिल्ला निर्बाचन कार्यालयका प्रमुख नबराज अबस्थिले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार