अछाममा सुत्केरी हेलिकोप्टरबाट उद्धार
अछाम — अछाममा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। जिल्लाको रामारोशन गाउँपालिका ४ बाटुलासैन छडेनाका सर्प विककी श्रीमती अम्बकला विकको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। अम्बकला बिरामी भएको थाहा पाएपछि एमाले टोलकमिटी गोविन्द विकको अगुवाइमा मोहन विक, जुनपुरा विक, मोती विक, ईश्वरी विकलगायतले स्टेचरमा तीन घण्टा बोकेर स्वास्थ्य चौकी पुर्याएका थिए। […]