सेनाको बम, बारुद तथा लत्ता कपडा स्वदेशमै उत्पादन गरिने
सरकारले नेपाली सेनाको पोसाक लत्ता कपडा, तथा गोली गठ्ठाको उत्पादन स्वदेशमै गर्नेगरी विशेष व्यवस्था गर्ने बताएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको सरकारले यस्तो बताएको हो । हाल भएका सैनिक बम, बारुद तथा गोलि गठ्ठासहित आवश्यक सामग्री उत्पादन उद्योगहरुलाई विस्तार गरिने सरकारले बताएको छ ।