शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • वायु प्रदूषणका कारण घट्यो साढे २ वर्ष आयु

वायु प्रदूषणका कारण घट्यो साढे २ वर्ष आयु

  • आइतवार, असार ५, २०७९
वायु प्रदूषणका कारण घट्यो साढे २ वर्ष आयु

विश्वमा वायु प्रदूषणको असर र त्यसले पुर्‍याउने मानवीय क्षति धुमपान, एचआइभी एड्स र आतंकवादभन्दा पनि खतरनाक रहेको एक अध्ययनले देखाएको छ ।

वायु प्रदूषणका कारण विश्वका हरेक व्यक्तिको औसत आयु दुई वर्षभन्दा धेरैले घटेको छ । दक्षिण एसियामा भने वायु प्रदूषणको मात्रा उच्च हुँदा त्यसको असरले आम मानिसको औसत आयु करिब ५ वर्षले घटेको शोधकर्ताहरूको ठहर छ ।

शिकागो विश्वविद्यालयस्थित ऊर्जा नीति संस्थानले हालै प्रकाशित गरेको एयर क्वालिटी लाइफ इन्डेक्सका अनुसार विश्वमा हाल कुल जनसंख्याको करिब ९७ प्रतिशत मानिसहरू उच्च वायु प्रदूषण भएका क्षेत्रमा बस्ने गरेका छन् ।

एयर क्वालिटी लाइफ इन्डेक्समा PM2.5 को खतरनाकस्तर मापनका लागि शिकागो विश्वविद्यालयका शोधकर्ताहरुले स्याटेलाइट डाटाको प्रयोग गरेका छन् । पार्टिकुलेट म्याटर २.५ हावा तैरिएका यस्ता साना प्रदूषक कण हुन् जसले मानिसको फोक्सोमा गम्भीर क्षति पुर्‍याउँदछन् ।

शोधकर्ताहरुका अनुसार PM 2.5 लाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पाँच माइक्रोग्राम प्रतिघनमिटर सम्म कम गर्नेहो भने मानिसको औषत जीवन करिब २.२ वर्षले बढ्नेछ ।

उच्च वायु प्रदूषणका कारण आकाशमा लाग्ने तुवाँलोको असर दक्षिण एसियाली क्षेत्रमा बस्ने मानिसहरूको आयु पाँच वर्षले कम भएको शोधकर्ताहरु बताउँछन् ।

एक तथ्यांक अनुसार सन् २०१३ पछि विश्वमा वायु प्रदूषणमा भएको वृद्धिमा भारतको हिस्सा करिब ४४ प्रतिशत रहेको छ ।

उता वायु प्रदूषणलाई सार्वजनिक स्वास्थ्यको विषयका रुपमा किनारीकृत गरिएकोमा वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् । विज्ञहरूका अनुसार वायु प्रदूषणका असरका विषयमा चेतना बढ्दै गैरहेको हुँदा विश्वका सरकारहरुले यसलाई तुरुन्तै नीतिगत विषयको रुपमा प्राथमिकता दिनु आवश्यक छ ।

वायुमा हुने पिएम २.५ प्रदुषकको मात्रालाई विश्व स्वास्थ्य संगठनको तय मापदण्डसम्म झार्न सक्ने हो भने चिनियाँहरूको औषत आयुमा २.६ वर्षले वृद्धि हुने बताइएको छ ।

यद्यपि सन् २०१३ पछि चीनमा औसत आयुमा करिब २ वर्षले वृद्धि भएको छ । चीनले प्रदूषण कम गर्नका लागि युद्धस्तरमा काम गरेको र यसले पिएम २.५ को स्तर झण्डै ४० प्रतिशतले कम भएको बताइएको छ ।

पिएम २.५ जस्तै पिएम १० ले पनि मानिसको आयु एक वर्ष कम गरिरहेको शोधकर्ताको भनाइ छ ।

सन् २०२२ को सुरुवातमा सार्वजनिक भएको एक रिपोर्ट अनुसार सन् २०२१ सम्म विश्वका कुनै पनि देश विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको पिएम २.५ को स्तरसम्म पुग्न सकेका छैनन् । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार