• होमपेज
  • अन्तर्राष्ट्रिय
  • साइकल चलाउँदा लडे अमेरिकी राष्ट्रपति बाइडेन

साइकल चलाउँदा लडे अमेरिकी राष्ट्रपति बाइडेन

  • आइतवार, असार ५, २०७९
साइकल चलाउँदा लडे अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन्।

समाचार संस्था रोयटर्सका अनुसार ७९ वर्षीय बाइडेन शनिबार डेलावेयरको रेहोबोथ बिचमा साइकल चलाउने क्रममा लडेका हुन्। उनी छुट्टी मनाउन त्यहाँ पुगेका थिए।

समर्थकहरूलाई अभिवादन गर्नका लागि बाइडेन साइकल चढेका थिए। साइकलबाट लड्दा उनलाई चोट भने लागेको छैन। लड्नासाथ उनी उठेका थिए।

‘मलाई केही भएको छैन,’ उनले भने।

साइकलबाट लडेको घटनापछि बाइडेनले उपस्थित समर्थकहरूसँग केही मिनेट कुराकानी गरेका थिए।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले बाइडेनलाई कुनै उपचारको आवश्यकता नभएको बताएको छ।

बाइडेन र उनकी पत्नी जिल बाइडेनले शुक्रबार ४५ औं विवाहोत्सव मनाएका छन्। एजेन्सी

चर्चामा

सम्बन्धित समाचार