शुक्रबार, असार १७, २०७९
  • होमपेज
  • देश
  • पटनाबाट दिल्ली उडेको विमानमा आगलागी

पटनाबाट दिल्ली उडेको विमानमा आगलागी

  • आइतवार, असार ५, २०७९
पटनाबाट दिल्ली उडेको विमानमा आगलागी

काठमाडौं — भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आकाशमै आगो लागेको छ ।

आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ । एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो ।

विमानमा आगो लागे पनि विमानमा रहेका यात्रु र चालक दलका सदस्य सबै सकुशल छन् ।

पाइलटले आगो लागेको इन्जिन बन्द गरेर विमानलाई सुरक्षित अवतरण गराएका हुन् ।

उडिरहेको विमानमा लागेको जमिनबाटै देखिएको थियो । आगोलागेको देख्नेहरुले प्रहरी र विमानस्थललाई जानकारी गराएका थिए ।– भारतीय सञ्चार माध्यमको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार