अझै पनि उही प्रश्न ‘छोरा जन्माउने औषधि कहाँ पाइन्छ ?’
हुम्लाको अदानचुली गाउँपालिका–६ की दिनकुमारी धिमाल ७४ वर्षकी भइन्, उनी आफैं अस्वस्थ छिन्, त्यसमाथि तीन वर्षअघि ज्यान गुमाएकी छोरी भूमिसराको शोकले थप सताइरहेको छ । भूमिसराको मृत्यु आठौं छोरी जन्माउने क्रममा भएको हो । ‘भौंती छाचुरी (धेरै छोराछोरी) पाउँदा मरेई हो,’ उनले भनिन्, ‘न निको खान पाई, न गाउँका मान्ठबाट निको वचन पाई, मेरी छोरी निकाला (अकालमै) […]