मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिकामा बन्याे बीउ बैंक तथा कृषि उपज संकलन केन्द्र

बडीमालिकामा बन्याे बीउ बैंक तथा कृषि उपज संकलन केन्द्र

  • शनिबार, असार १८, २०७९
बडीमालिकामा बन्याे  बीउ बैंक तथा कृषि उपज संकलन केन्द्र

बाजुरा — बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–६ जडाङ्गामा बीउँ बैंक तथा उपज संकलन केन्द्र स्थापित गरिएको छ । बडीमालिका नगरपालिका, सहास नेपाल र आई.एन.एफ. नेपालको संयुक्त साझेदारीमा नगरपालिकामै पहिलो पटक बीउँ तथा कृषि उपज संकलन केन्द्र स्थापित गरिएको हो ।
सामुदायिक बीउ तथा कृषि उपज संकलन केन्द्रको विहीबार एक औपचारिक कार्यक्रमकाबीच नेकपा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज एवं प्रतिनिधि सभा सदस्य सांसद लालबहादुर थापाले उद्घाटन गरेका हुन् । उत्पादक पनि कृषक र संचालक पनि कृषक नै रहने गरी यो केन्द्र स्थापना गरिएको हो ।

No description available.

सहास नेपालको ५ लाख ३८ हजार ६ सय ४५ र आइ एन एफ नेपाल बाजुरा मार्फत संचालित दिगो जिबिकोपार्जन का लागि जलबायु अनुकुलन परियोजना अन्तर्गत बदिमालिका ६ जडाङ्गामा बीउ बैन्क तथा कृषि उपज सन्कलन केन्द्र स्थापना गरिएको आइ एन एफ नेपाल बाजुराका जिबिकोपार्जन सन्योजक खेम मिश्रले बताएका छन् ।  उक्त कार्यक्रमको आइ एन एफ, साहास र नगरपालिका सङ्गको सझेदारीमा सम्पन्न भएको मिश्रले बताए । विश्वकै मुख्य चुनौतीको रुपमा रहेको जलबायु परिवर्तन र यस्को असर लाई कम गर्न, अनुकुलन गर्न, र जलबायु परिवर्तनका कारक तत्वहरु न्युनिकरन गरि जलबायु मैत्री प्रबिधी हरु मार्फत दिगो जिबिकोपार्जन्न्मा सहयोग पुर्याउने उदेश्यले उक्त बीउ बै‌क स्थापना गरिएको जिबिकोपार्जन सन्योजक  मिश्रले बताए । बाहिरी कृषि उपज आयत प्रतिस्थापन गरि स्थानिय उत्पादन लाई प्रोत्साहन गर्नुका साथै ग्रामिण कृषकहरुको बजार सङ्ग पहुँच पुर्याउन उक्त कृषि उपज सन्कलन केन्द्र पनि निर्माण गरिएको आइ एन एफ मा जिबिकोपार्जन सन्योजक  मिश्रले बताएका छन।

No description available.

बडीमालिका नगरपालिकाका नागरिकहरुलाई आर्थिक शुसम्पन्न र कृषिमा आत्मनिर्भर बढाउँनको लागि कृषि उपज उत्पादन र विक्रि वितरण र बीउको संकलन गरी आयत निर्यातमा सहयोग पुर्याउने गरी केन्द्रको स्थापना गरिएको राईले बताए । साँफे–मार्तडी राजमार्गको आडैमो यो कृषि उपज संकलन केन्द्र स्थापना भएकाले यहाँका कृषकहरुको आयआर्जनमा टेवा पुग्ने विश्वास लिईएको छ । केन्द्रलाई राम्रोसँग स्थापित गर्नसके जडाङ्गाका नागकिरलाई मात्र नभएर बडीमालिका नगरपालिका भित्रका सबै नागरिक तथा जिल्लालाई समेत मदत पुग्ने सहयोगी संस्थाहरुले बताएका छन् ।

 

बडीमालिका नगरपालिका–६ को प्राविधिक सहयोगमा स्थापना भएको बीउ तथा कृषि उपज संकलन केन्द्र राजमार्ग र बजार नजिकै रहेकोले दिगो रुपमा संचालन गर्न सके यहाँका कृषको भविष्य उज्वल रहेको देखिन्छ । बडीमालिका नगरपालिका ६ का वडाध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षतामा संचालन भएको बडीमालिका सामुदायिक बीउ तथा कृषि उपज केन्द्रको उद्घाटन तथा हस्तान्त्रण कार्यक्रमको प्रमुख अतिथि सांसद लाल बहादुर थापा रहनुभएको थियो । थापाले रिवन काटेर कृषि उपज केन्द्रको उद्घाटन गरेका थिए ।

आइ एन एफ द्वारा सन्चालित उक्त सिसिए परियोजनाले भिभिन्न कृषि उत्पादन, बन थथा बाताबरण संरक्षण , बिपद बवस्थपन देखि उध्यम्शिलता बिकासको छेत्रमा काम गर्दै आइरहेको छ। बडीमालिका नगरपालिकामा लागू भएको  परियोजनाले विकास निर्माण र जीवनलाई परिववर्तन तथा उच्च बनाउन महत्वपूर्ण भूमिका खलेको भन्दै स्थानीय र बीउ बैंक संचालनक समितिले संयुक्त रुपमा फूलमाला सहीत वधाई गरेको छ । कार्यक्रममा जनप्रतिनिधि, संस्थाका कर्मचारी र स्थानीयको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार