बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा रेडियो र अनलाइन पत्रकारीता तालिम सम्मन्न

बाजुरामा रेडियो र अनलाइन पत्रकारीता तालिम सम्मन्न

  • शनिबार, असार १८, २०७९
बाजुरामा रेडियो र अनलाइन पत्रकारीता तालिम सम्मन्न

बाजुरा — रेडियो र अनलाईन पत्रकारीता सम्वन्धि संचालन भएको ४ दिने तालिम सम्पन्न भएको छ ।
स्वतन्ब प्रेस, व्यवसायिक पत्रकारीता भन्ने मुल नाराका साथ असार १५ गतेबाट सूर भएको तालिम आज सम्पन्न भएको हो ।

नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना र बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा उक्त तालिम संचालन गरिएको थियो ।चार दिने रेडियो तथा अनलाईन सम्वन्धि तालिममा जिल्लाका ९ वटै स्थानीय तहका ४२ जना क्रियाशिल तथा नयाँ पत्रकारहरुको सहभागिता चार दिने तालिम सम्पन्न भएकाे हाे ।

तालिमको अवधिभर रेडियो तथा अनलाईनमा सत्य तथ्य समाचार कसरी लेख्ने, रिपोर्ट कसरी बनाउने, अन्तरवार्ता कसरी लिने भन्ने बारेमा तालिमका प्रशिक्षक लिलप्रकाश चन्दले प्रशिक्षण गरेका थिए । त्यस्तै तालिममा खोज पत्रकारिता कसरी गर्ने भन्ने बारे पत्रकार प्रकाश सिंहले प्रशिक्षण गरेका थिए ।

। तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले समाजमा रहेका सत्य तथ्य समाचार पत्रकारले लेख्नु पर्ने बताएका थिए ।

नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्लको अध्यक्षतामा सम्पन्न भएको चार दिने तालिमको प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहेका थिए । त्यस्तै विशिष्ट अतिथि उपप्रमुख नन्दा थापा रहेकी थिईन् । पत्रकार महासंघका का‍र्यभार सचिव रमित विकले संचालन गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार