साउदी अरबद्वारा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड
रियाद — साउदी अरबले शनिबार आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिएको छ। यो राज्यमा गत वर्षको मृत्युदण्डको कूल सङ्ख्याभन्दा बढी हो। “उनीहरू सबैलाई ‘घोर अपराध गरेकोमा दोषी ठहर गरिएको थियो,” साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सी (एसपीए)ले जानकारी गराएको छ। उनीहरू इस्लामिक स्टेट समूह, यमनको हुथी विद्रोही सेना […]