शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • चीनद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार : ताइवानको रक्षा मन्त्रालय

चीनद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार : ताइवानको रक्षा मन्त्रालय

  • बिहिबार, साउन १९, २०७९
चीनद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार : ताइवानको रक्षा मन्त्रालय

चीनले सैन्य प्रशिक्षणका दौरान ताइवानको उत्तरपूर्वी र दक्षिण पश्चिम तट छेउको पानीमा कयौँ डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले स्थानीय समयअनुसार १ बजेर ५६ मिनेट जाँदा क्षेप्यास्त्र प्रहार भएको जानकारी दिएको हो । डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र चिनियाँ जनमुक्ति सेनाले प्रयोग गर्छन् । ताइवानको रक्षा मन्त्रालयले क्षेप्यास्त्र प्रहार भएसँगै आफ्नो क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई तयारी अवस्थामा राखेको जानकारी दिएको छ ।

यसअघि सन् १९९६ मा पनि बेइजिङ र ताइपेइबीच तनाव हुँदा चीनले ताइवान नजिकै क्षेप्यास्त्र प्रहार गरेको थियो । विज्ञहरूले चीनले ताइवानको आकाशमाथिबाट क्षेप्यास्त्र प्रहार गर्न सक्ने अनुमान गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार