• होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा भ्यानभित्र करेन्ट लागेर १० जनाको मृत्यु

भारतमा भ्यानभित्र करेन्ट लागेर १० जनाको मृत्यु

  • मङ्लबार, साउन १७, २०७९
भारतमा भ्यानभित्र करेन्ट लागेर १० जनाको मृत्यु

एजेन्सी — भारतको पश्चिम बंगालको कूचबिहारमा आइतबार अबेर राती एउटा ठूलो दुर्घटना भएको छ। एक पिकअप भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएक छन्।

घटनालगत्तै यात्रलाई अस्पताल पुर्याइएको थियो। भ्यानमा सवार २७ मध्ये १६ जनालाई उपचारका लागि जलपाइपुडी अस्पताल रिफर गरिएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार करेन्ट डिजे सिस्टमको वायरिङका कारण भएको हो जुन पिकअप भ्यानको पछिल्लो हिस्सामा राखिएको थियो। प्रहरीका अनुसार भ्यानलाई नियन्त्रणमा लिइएको छ तर चालक भने फरार छन्।

चर्चामा

सम्बन्धित समाचार