हेपाटिक क्यान्सरका लागि अल्लो उपयोगी : अनुसन्धानकर्ता
नेपालमा पाइने अल्लोमा औषधीय,कस्मेटिक र खाना योग्य गुणहरु प्रशस्त मात्रामा पाइएको एक अनुसन्धानले देखाएको छ । अल्लोमा फाइटोस्टेरोल, फाटिएसिड, क्यारोटिन्वाइड्स, पोलिफिनोल जस्ता तत्वहरु पाइएको हो । त्रिवि वनस्पति शास्त्र अध्ययन संस्थानका पीएचडी अध्ययनरत श्यामशरण श्रेष्ठसहित उनका सुपरीवेक्षकहरु प्राध्यापक संगिता राजभण्डारी, दीपकराज पन्त र पाडोभा विश्वविद्यालय इटालीका प्राध्यापक स्टेफानो डालआक्वा सम्मिलत अनुसन्धानले उक्त निष्कर्ष निकालेको हो […]