शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • परराष्ट्र मन्त्री ज्ञवालीद्वारा अङ्गदानको घोषणा

परराष्ट्र मन्त्री ज्ञवालीद्वारा अङ्गदानको घोषणा

  • आइतवार, साउन ५, २०७६
परराष्ट्र मन्त्री ज्ञवालीद्वारा अङ्गदानको घोषणा

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आज अङ्गदान गरेका छन् ।

मन्त्री ज्ञवालीले आज मृत्यु पश्चात मृगौला, मुटु, फोक्सो, कलोजो, प्याङक्रियाज, सानो आन्द्रा अङ्ग दान गरेका हुन् ।

उमेरले ५८ वर्ष पुगेका ज्ञवालीको यी ६ अङ्ग मृत्यु पश्चात आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सकिने छ ।

पछिल्लो समय नेपालमा पनि अङ्गदान गर्ने व्यक्तिहरुको संख्या बढ्दै गईरहेको छ ।

मृत्यु पश्चात अङ्ग दान गर्ने हो भने एक व्यक्तिको अङ्गबाट धेरै नागरिकले नयाँ जीवन पाउन सक्छन् ।

चर्चामा

सम्बन्धित समाचार