बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आयुर्वेद
  • गाैमुल गाउँपालिकामा पहिलाेपट आयुर्बेद क्लिनिक

गाैमुल गाउँपालिकामा पहिलाेपट आयुर्बेद क्लिनिक

  • आइतवार, माघ २६, २०७६
गाैमुल गाउँपालिकामा पहिलाेपट आयुर्बेद क्लिनिक

बाजुरा २६ माघ– गौमुल गाउँपालिकामा गाउँघर क्लिनिकमा १ सय १३ बढिले सेवा लिएका छन् । जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रले सो क्लिनकि सञ्चालन गरेको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराको आयोजना र गौमुल गाउँपालिकाको समन्वयमा शनिबार सम्पन्न गाउँपालिकाको केन्द्रमा सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख दीक्षा भण्डारीले बताइन ।
शनिबार एक कार्यक्रमको आयोजना गरी विहाना गाउँपालिकाका केन्द्र घट्मुनामा गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन सम्बन्धि क्लिनिक सञ्चालन गरिएको हो । क्लिनिकमा नसर्ने रोग दम,अम्लपित्त,उच्च रतmचाप, मधुमेह, श्वासप्रस्वास विकार,मेदोगत रोग,वातब्याधि रोगहरुको बिशेष उपचार गरिएको कार्यालय प्रमुख भण्डारीको भनाई रहेको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्दको आयोजना र गौमुल गाउँपालिका संगको समन्वयमा क्लिनिक आयोजना गरिएको गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए । गाउँपालिका भरिका जनताहरुको स्वास्थ्यलाई ख्याल गदैं क्लिनिकको आयोजना गरिएको अध्यक्ष रोकायाले बताएका थिए ।
कामलाई मात्र प्राथमिकता दिएर रोग पालेर नबस्न गाउँ पालिका अध्यक्षले सम्पूर्ण जनताहरुलाई जोड दिदैं उपचार गर्नुभन्दा बढी स्वस्थ्य कसरी रहने,खानपानका कुरामा ध्यान दिन अनुरोध गदैं पूराना रोगहरु समेत पालेर बस्ने गलत बानीलाई त्यागी समयमै उपचार गर्ने बानी बसाल्न उहाँले सबैमा आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष सीता थापाले पूरुष भन्दा महिलाहरुले रोगलाई पालेर बस्ने र उपचारमा बेवास्ता गर्ने प्रबृति बढी देखिएकाले यस्तो नगरी समयमै उपचार गर्ने अनुरोध गर्नुभयो । सेवा सुविधा सहज रुपमा पाउन घरदैलोमा नै क्लिनिक सञ्चालन गरेको बताइन ।
क्लिनिकमा प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले पालिका स्तरमै गएर सेवा प्रदान गरेको प्रति धन्यवाद ब्यक्त गरेका छन । जनताहरुको घरदैलोमा नै पुगेर फेरि पनि सेवा सुविधा प्रदान गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई अनुरोध गरे ।
क्लिनिकमा पूरुष र महिला गरी १ सय ३३ बढीले सेवा लिएका छन् । उपचारका क्रममा श्वाप्रश्वास,बातब्याधि,अम्लपित्त र उच्च रतmचापका बिरामी बढी देखिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख दीक्षा भण्डारीले बताएकी छन । अन्य जिल्लाको हकमा उपचारमा गौमुल गाउँपालिकाका स्थानीयको सहभागिता राम्रो र बढी रहेको पाईएको भण्डारीले बताईन ।
गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने,उपाध्यक्ष सीता थापा लगायत जनप्रतिनिधि, पत्रकार र स्थानीयको बाक्लो सहभागिता रहेको थियो । जिल्लामै आयुर्बेद स्वास्थ्य शिबिर गाउँमा गएर पहिलो पटक गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार