शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आयुर्वेद
  • प्रभाबकारी बन्दै आयुर्वेद उपचार सेवा

प्रभाबकारी बन्दै आयुर्वेद उपचार सेवा

उपचार गर्नेको संख्या बढदै

  • सोमवार, मंसिर ३०, २०७६
प्रभाबकारी बन्दै आयुर्वेद उपचार सेवा

बडिमालिका नगरपालिका ९ बस्ने ४५ बर्षिय गंगा नेपालीलाई शरिर दुख्ने, झम्झमाउने समस्याले ग्रसित थिईन् । जिल्ला अस्पताल बाजुरामा र अन्य औषधि पसलमा उपचार गरिन्, तर उनलाई सञ्चो भएन् । प्राय जसो उनलाई अस्पताल धाइरहनु परेको थियो । पछिल्लो समयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उनले आयुर्वेद तरिकाले उपचार गराईन् । अहिले उनलाई सञ्चो भएको छ ।
गंगाले भनिन्, पहिलो पटक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरामा गएर उपचार गरे, सञ्चो भएको वताईन् । अस्पतालमा पुर्जीको समेत पैशा लाग्थ्यो, औषधि किन्नुपर्ने बाध्यता थियो, यहाँ त सबै निशुल्क भएको वताईन् । पहिला भन्दा धेरै सञ्चो भएको वताईन् । उनलाई पूर्वकर्म, सर्वाङ्ग स्वेदन सेवा सहित औषधि दिईएको थियो । उनी जस्तै वन डिभिजन कार्यलय बाजुरामा कार्यरत कर्मचारी दिपक सुनार पछाडीको ढाड दुख्ने समस्या थियो, उनले मेडिकल बाट औषधि लिए तर सञ्चो नभएपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा गएर उपचार गर्दा सञ्चो भएको दिपकले वताए ।


कुनै समय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरामा बिरामी पनि नआउने र उपचार हुन्छ भन्ने समेत थाहा हुदैन थियो । कर्मचारी पनि घाम तापेर बसिरहेका हुन्थ्ये, अहिले भने बिरामीको निकै घुइचो लाग्ने गरेको गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य काशि बिकले वताए । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले निशुल्क उपचार सेवा गर्दै आएको छ । दैनिक सरदर १५ जना सम्म उपचारमा आइरहने गरेको निमित्त कार्यलय प्रमुख दिक्षा भण्डारीले वताएकि छन् । उपचारमा आउने बिरामीलाई सेवा दिइरहेका छौ, सञ्चो हुने भएर होला अहिले बिरामीको चाप निकै बढिरहेको उनले वताईन् । अस्पतालमा गएपछि औषधि पाइदैन्, यहाँ औषधि पनि निशुल्क पाँउने सञ्चो पनि हुने गरेको उपचारमा आएका बिरामीले वताएका छन् ।
आयुर्वेद अस्पतालमा बाथ, अम्लपत्ति, दम, खोकी, पिनास, ग्याषटाईट्रिक, पाइलस, छाला रोग, स्त्री रोग, उच्च रक्तचाप लगायतका रोगहरुको उपचार हुने गरेको भण्डारीले वताएकि छन् । पहिला त त्यति बिरामी आउदैनन्, थिए, अहिले प्रचार प्रसार र ब्यबस्थित गरेपछि बिरामीको संख्या बढदै गएको उनले थपिन् । साथै सुनौला हजार दिनका आमालाई दुध बढाउने औषधि र जेठ नागरिकको लागी रसायन औषधि बितरण गर्दै आएको छ । अस्पतालमा ओपिडि सेवा, पुर्व कर्म, पञ्चकर्म सेवा र औषधि बितरण हुने गरेको छ ।
बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले भनिन् पनि पहिलो पटक आयुर्वेद अस्पतालमा गएर उपचार गरेको वताईन् । आफुलाई सञ्चो भएको छ, पहिलो उपचार गर्ने जादैन थिए, अहिले भने धेरै जसो उपचार गर्न जाने गरेको उनले वताईन् । बाजुरामा आयुर्वेद तरिकाले उपचार हुन्छ भन्ने चेतना पनि निकै कम रहेछ, धेरै प्रयास पछि बल्ल उपचारमा आउने गरेका छन् । अझै स्थानिय स्तरमा उपचारका बारेमा जानकारी दिने कार्यक्रम गर्ने निमित्त कार्यलय प्रमुख दिक्षा भण्डारीले वताएकि छन् ।

चर्चामा

सम्बन्धित समाचार