चुनावी चहलपहलबीच बाजुरामा मतदाताको बढ्दो निराशापन
बाजुरा– प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बाजुरा जिल्लामा चुनावी गतिविधि तीव्र बनेको छ। गाउँ–गाउँमा आमसभा, घरदैलो र प्रचार–प्रसार बढेको छ। दलका उम्मेदवारहरूले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका आकर्षक नाराहरू अघि सारेका छन्। तर, चुनावी चहलपहल बढे पनि स्थानीय बासिन्दामा उत्साहभन्दा बढी निराशा देखिएको छ। वर्षौंदेखि दोहोरिँदै आएका अधुरा वाचा र आधारभूत विकासको अभावले जनतामा अविश्वास बढेको […]