१४ वर्षपछि पूरा हुँदै सडक सपना, धनगढी–दीपायल द्रुतमार्गको ट्रयाक खुल्यो
धनगढी — निर्माण सुरु भएको १४ वर्षपछि धनगढी–दीपायल द्रुतमार्गको ट्रयाक खुलेको छ। संघीय सरकारले योजना कार्यालय स्थापना गर्दै निर्माण गरिरहेको सडकको ट्रयाक खुलेको हो। योजना प्रमुख लक्ष्मण रावलले धनगढीदेखि दीपायलसम्म ८५ किलोमिटर ट्रयाक खोलिएको बताए। ‘मोड सुधार र केही ठाउँमा ग्रेडको काम मात्रै बाँकी छ,’ रावलले भने, ‘तर धनगढीदेखि दीपायलसम्म फास्ट ट्रयाक नै भएर गाडी […]