शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • अर्थ
  • १ लाख ३५ हजार हेलिकप्टरबाट भाडा तिरेर सुत्केरीको उद्धार

१ लाख ३५ हजार हेलिकप्टरबाट भाडा तिरेर सुत्केरीको उद्धार

  • शनिबार, जेष्ठ ७, २०७९
१ लाख ३५ हजार हेलिकप्टरबाट भाडा तिरेर सुत्केरीको उद्धार

हुम्ला — बच्चा जन्माएपछि स्वास्थ्य अवस्था बिग्रिएकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ। अत्यधिक रक्तश्राव भएर समस्यामा परेकी चंखेली गाउँपालिका ५ नेप्का ३५ वर्षीया तुला तामाङलाई हेलिकप्टरबाट जिल्ला अस्पताल हुम्लामा ल्याइएको हो।

तामाङ तीन दिनअघि सुत्केरी भएकी उनी अत्यधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था नाजुग भएको आफन्त जसिलाल तामाङले जानकारी दिए।
बिरामीको शरीर सुन्निएर श्श्वास प्रश्वासमा समस्या भएको र गाउँमा गतिलो स्वास्थ्य उपचार नभएपछि १ लाख ३५ हजार हेलिकप्टर भाडा तिरेर सदरमुकाम सिमकोट ल्याएको आफन्त तामाङले बताए। ऋण सापटी मागेर बिरामीको हेलिकप्टरबाट उद्वार गरेको तामाङको भनाइ छ।

चर्चामा

सम्बन्धित समाचार