बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • अर्थ
  • विद्यालय भवन निर्माणमा घुस, प्रधानाध्यापक र अध्यक्ष रंगेहात पक्राउ

विद्यालय भवन निर्माणमा घुस, प्रधानाध्यापक र अध्यक्ष रंगेहात पक्राउ

  • बिहिबार, जेष्ठ १९, २०७९
विद्यालय भवन निर्माणमा घुस, प्रधानाध्यापक र अध्यक्ष रंगेहात पक्राउ

धनगढी — महोत्तरीबाट ५० हजार रुपैयाँ घुस सहित प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेका छन्। महोत्तरीको एकडारा गाउँपालिका १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रअ रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान घुससहित पक्राउ परेका हुन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल र बर्दिबासको संयुक्त टोलीले दुवै जनालाई जलेश्वर नगरपालिका २ स्थित मामाज किचेन होटेलबाट पक्राउ गरेको हो। विद्यालयमा भवन निर्माण प्रयोजनको भुक्तानीको लागि सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइरहेको बखत दुवैजनालाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

बिहीबार अपराह्न ५ बजे उनीहरुलाई अख्तियारले पक्रेको हो। अख्तियारले घटनास्थलमा मुचुल्का लगायतको काम गरिरहेको छ।दिनेशखबरबाट साभार । 

चर्चामा

सम्बन्धित समाचार