शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • देश
  • जनतामारा सरकार मुर्द्धावाद भन्दै: बझाङमा युवासंघ र अनेरास्ववियूको विरोध प्रदर्शन

जनतामारा सरकार मुर्द्धावाद भन्दै: बझाङमा युवासंघ र अनेरास्ववियूको विरोध प्रदर्शन

  • बुधबार, जेष्ठ ११, २०७९
जनतामारा सरकार मुर्द्धावाद भन्दै: बझाङमा युवासंघ र अनेरास्ववियूको विरोध प्रदर्शन

अर्थ जङ शाही/बझाङ — मुख्य विपक्षी दल नेकपा एमालेका युवा तथा विद्यार्थीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा बझाङमा प्रदर्शन गरेका छन् ।

चुनाव खर्च उठाउन पाइँदैन, मूल्य बढाउन पाइदैन, चुनावअघि गठबन्धन, चुनावपछि ठगबन्धन, उठौं जागौं युवा हो, बाँच्नलाई नै गाह्रो भो, जनतामारा सरकार मुर्द्धावाद, नाफाघाटा जान्दैनौं मुल्य वृद्धि मान्दैनौं लगायत नारा लेखिएका प्लेकार्डसहित युवा संघ नेपाल र अनेरास्ववीयू विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले अस्वभाविक रुपमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन पनि माग गरेका छन् ।

सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि त्यसको देशैभर विरोध भइरहेको छ । बझाङमा गरिएको मूल्यवृद्धिको विरोध कार्यक्रममा अनेरास्ववीयूका केन्द्रिय सचिवालय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज प्रविन्द्र धामी, युवा संघ नेपाल बझाङका संयोजक संसार खड्का र अनेरास्ववीयु जिल्ला संयोजक दिलबहादुर खाती, युवा नेताहरु उत्तम सिंह,उमेश बिष्ट कृष्ण धामी लगायतले नेतृत्व गर्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार