भूकम्पबाट ११ जिल्ला प्रभावित, १५७ को मृत्यु, २५६ घाइते
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा ११ जिल्ला प्रभावित भएका छन् । भूकम्पमा परि हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । एघार जिल्लाहरू क्रमशः जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठान भूकम्पबाट प्रभावित बनेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका […]