बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • धनगढीबाट बाजुरा आउदै गरेको जिप दुर्घटना हुदा बाजुराका ४ जनाको मृत्यु ५ जना घाईते

धनगढीबाट बाजुरा आउदै गरेको जिप दुर्घटना हुदा बाजुराका ४ जनाको मृत्यु ५ जना घाईते

  • आइतवार, कार्तिक १९, २०८०
धनगढीबाट बाजुरा आउदै गरेको जिप दुर्घटना हुदा बाजुराका ४ जनाको मृत्यु ५ जना घाईते

बाजुरा– धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुदा ४ जनाको मृत्यू र ५ जना घाईते भएका छन । के आईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका ६ मा दुर्घटना भएको प्रहरी चौकी तलकोट डोटीले जनाएको छ । ग २ च २७७६ नम्मर बोलेरो जिप अनियन्त्री भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेहरुको उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सबै हिमाली गाउँपालिकाका रहेका छन । जसमा हिमाली गाउँपालिका ५ का २२ बर्षिया राधिका हमाल, बर्ष ३२ की धनसोभा बुढा, निज धनसोभा बुढाको ६ बर्षिया छोरा कबिन्द्र बुढा र सोही वडाका बिमला मलालकी ८ बर्षिया छोरी प्राथना मलाल रहेका छन ।
त्यसै गरी घाईते हुनेमा सोही गाउँपालिका ५ का बर्ष ३० का प्रकाश बुढथापा, बर्ष २३ का खोम बहादुर मलाल, बर्ष २४ का दान बहादुर बुढा, बर्ष २१ कि बिमला मलाल र बर्ष २१ का राज बहादुर मलाल रहेका छन । घाईते मध्य राज बहादुर मलालको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । चालकलाइ प्रहरीकाे नियन्त्रणमा लिसकेकाे जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार