बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • जाजरकोट भूकम्पः मृत्यु हुनेको संख्या १५७ पुग्यो, २ सयभन्दा बढी घाइते

जाजरकोट भूकम्पः मृत्यु हुनेको संख्या १५७ पुग्यो, २ सयभन्दा बढी घाइते

  • शनिबार, कार्तिक १८, २०८०
जाजरकोट भूकम्पः मृत्यु हुनेको संख्या १५७ पुग्यो, २ सयभन्दा बढी घाइते

जाजरकोट —जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। साँझ ४ बजेसम्मको प्राप्त विवरण अनुसार जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जाजरकोटमा सबैभन्दा धेरै १०५ जनाको मृत्यु भएको छ भने १०५जना घाइते भएका छन्। यस्तै पश्चिम रुकुममा ५२ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्।

भूकम्पका कारण दैलेखमा ३, बैतडीमा ३ जुम्लामा ५ र रोल्पामा १ जना घाइते भएका छन्।

चर्चामा

सम्बन्धित समाचार