बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • भुकम्पले चौकीको भवन भत्किएपछि विद्यालयको छात्रावासमा बस्दै आटिचौर प्रहरी

भुकम्पले चौकीको भवन भत्किएपछि विद्यालयको छात्रावासमा बस्दै आटिचौर प्रहरी

  • शनिबार, कार्तिक १८, २०८०
भुकम्पले चौकीको भवन भत्किएपछि विद्यालयको छात्रावासमा बस्दै आटिचौर प्रहरी
दशरथ माविकाे छात्रावास

टेक बहादुर बुढा, बाजुरा — बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ आटिचौरको अस्थायी प्रहरी चौकीको भवन भुकम्पले भत्किएपछि प्रहरी विद्यालयको छात्रावासमा बस्दै आएका छन ।

गत असोज १६ गते बझाङको चैनपुर आसपास केन्द्र बिन्दु बनाएर गएको भुकम्पका कारण प्रहरी चौकीको भवन चिराचिरा भएपछि छात्रावासमा बस्न थालेको प्रहरी चौकीले जनाएको छ । उक्त भवन पुरानो भएको त्यसैमा भुकम्पले चिराचिरा पारेपछि त्यँहाका प्रहरी कर्मचारीहरु दशरथ माध्यामिक विद्यालयको छात्रावासमा बस्दै आएको प्रहरी हवल्दार मोहन गिरीले बताए ।

भुकम्पका कारण चौकीमा बस्ने अवस्था नभएपछि मंसिर १ गतेसम्मका लागि विद्यालयको छात्रावासमा बसिरहेका अस्थायी प्रहरी चौकी आटिचौरका हवल्दार गिरीले बताएका छन । उनले भने असोज १६ गते देखि मंसिर १ गतेसम्मका लागि छात्रावासमा बसिरहेको छौ, त्यसपछि कहाँ बस्ने अहिलेसम्म ठेगान छैन ।

हवल्दार गिरीका अनुसार गाउँपालिकाले नयाँ भवन निर्माण गरिरहेको भएपनि त्याँहा चर्पी नभएको र खाना पकाउने ठाउँको व्यवस्था नभएकाले त्याँहा बस्न निकै समस्या हुने बताए । उक्त भवनमा पनि बस्ने अवस्था नभएकाले कतै भाडामा घर खोज्नु पर्ने बाध्यता त्याँहाको प्रहरीलाई रहेको स्थानियले बताएका छन ।

प्रहरीका लागि उचित भवन ब्यबस्थापनमा सम्बन्धित निकायले अहिलेसम्म पनि व्यवस्था गर्न नसकेको त्याँहाका स्थानियहरुले बताएका छन ।

यता खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले भने प्रहरीका लागि गाउँपालिकाको लगानीमा भवन निर्माणधिन अवस्थामा रहेको बताएका छन । भुकम्पले पुरानो भवन भत्किएपछि गाउँपालिकाले सबै व्यवस्था सहितको नयाँ भवनको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेकोे गाउँपालिका अध्यक्ष रावतले बताएका छन ।
हेर्नुहोस निर्माणाधिन भवन: 

 

चर्चामा

सम्बन्धित समाचार