बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाज
  • भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या १ सय २८ पुग्याे

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या १ सय २८ पुग्याे

जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

  • शनिबार, कार्तिक १८, २०८०
भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या १ सय २८ पुग्याे

काठमाडौं—  शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या १ सय २८ पुगेकाे छ ।

भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए ।

भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए ।

प्रवक्ता कडायतले भने, ‘सुर्खेतबाट पनि राति ४ बजे उद्धार टोली खटिएको छ, मेडिकल टोली र विपद् व्यवस्थापनको टोली समेत तयारी अवस्थामा बसेको छ ।’

भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए । भूकम्पमा परेर जम्मा १ सय ४० जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार