यस्तो गाउँ, जहाँ ३२ एक्कड जमिनको मालिक छन् बाँदर
भारतमा भूमिहीन तथा गरीब मानिसको संख्या निकै छ । तर महाराष्ट्रको उस्मानावाद जिल्लाको एक गाउँमा भने बाँदरको नाममा समेत ३२ एक्कड जमिन रहेको छ । उस्मानाबादको उपला गाउँमा जब कुनै बाँदर कुनै घरको ढोकामा पुग्छन्, तब मानिसहरु बाँदरलाई निकै सम्मान गर्दछन् । त्यति मात्र होइन, गाउँमा हुने बिहेभोज लगायतका समारोहमा पनि बाँदरको सम्मान गरिन्छ । […]