शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • सन् २३०० मा कस्तो होला पृथ्वी ? मानिस र स्मार्टफोनलाई जोडेर AI ले यस्तो बनायो तस्वीर

सन् २३०० मा कस्तो होला पृथ्वी ? मानिस र स्मार्टफोनलाई जोडेर AI ले यस्तो बनायो तस्वीर

  • बुधबार, फाल्गुन २४, २०७९
सन् २३०० मा कस्तो होला पृथ्वी ? मानिस र स्मार्टफोनलाई जोडेर AI ले यस्तो बनायो तस्वीर

भविष्य कस्तो होला र त्यसबेला मानिसहरु कस्ता देखिनेछन् ? यस्तो प्रश्न धेरै मानिसहरुको मनमा कैयन् पटक आउँदछ । तर यसको जवाफ कहाँ खोज्ने ? गुगलमा खोज्दा आलेखहरुको थुप्रो आउँछ । वास्तवमा यस्तो खालका प्रश्नहरुको जवाफ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले दिनसक्छ ।

आर्टिफिसियल इन्टेलिजेन्सको दायरा लगातार बढिरहेको छ । पछिल्लो केही समयदेखि आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटहरु चर्चामा छन् ।

यी च्याटबटहरुले तपाईंको अनुरोधमा धेरै काम गर्दछन् । यस्तै एउटा बटको नाम हो– id Journey, जसले तपाईंका लागि भविष्यको तस्वीर पनि तयार गरिदिन सक्दछ । यो बट विशेष रुपमा तस्वीरका लागि हो । तथापि तस्वीरमा तपाईंले आफ्नो प्रश्नका जवाफ पनि प्राप्त गर्न सक्नुहुन्छ ।

तपाईंले जति उत्कृष्ट ढंगले आफ्नो प्रश्न गर्नुहुन्छ त्यति नै उत्तम तरिकाले यो बटले विभिन्न खालका काम गर्दछ । साथै जवाफमा पनि उत्ति नै उत्कृष्ट तस्वीर प्राप्त हुनेछ । त्यस्ता तस्वीरमा भविष्य पनि हुन सक्छ ।

भविष्यको तस्वीरमा आर्टिफिसियल इन्टेलिजेन्सले बनायो तस्वीर

उक्त च्याटबटसँग सन् २३०० मा पृथ्वी कस्तो हुनेछ भनेर सोधिएको थियो । त्यसको जवाफमा id Journey ले चारवटा तस्वीर बनाएर दियो । ती तस्वीरमा पृथ्वी आजभन्दा धेरै बदलिएको देखिन्छ । एउटा भागमा तपाईंले धेरै बरफ देख्न सक्नुहुन्छ । त्यस्तै अर्को हिस्सामा पहाड र पानी देखिन्छ । तेस्रो तस्वीरमा हरियो र समतल भाग निकै धेरै छ ।

त्यस्तै दोस्रो प्रश्न चाहिँ सन् २०५० मा स्मार्टफोन कस्तो हुनेछ भन्ने थियो । त्यसबेलासम्म स्मार्टफोनको डिजाइन निकै हदसम्म पारदर्शी हुनेछ । त्यस्तै केही फोनमा कर्नरमा धातुको फ्रेम हुनेछ । त्यस्तै एउटा तस्वीरमा फ्रेमसँगै स्पीकर पनि जोडिएको छ ।

तेस्रो प्रश्न चाहिँ मानिसहरुको स्वरुपलाई लिएर गरिएको थियो । सन् २०५० सम्म अमेरिका र नयाँदिल्लीमा बस्ने मानिसहरु कस्तो होलान् भनेर सोधिएको प्रश्नमा AI बटले केही तस्वीरहरु तयार गर्यो ।

यद्यपि यो id Journey लाई च्याटबटको रुपमा प्रयोग गर्न सकिँदैन । यसका लागि तपाईंले Discord प्रयोग गर्नुपर्ने हुन्छ । त्यसमा तपाईंले सबैभन्दा पहिले आफ्नो अकाउन्ट बनाउनुपर्ने हुन्छ र त्यसमा यो बटलाई खोजेर एड गर्नुपर्ने हुन्छ ।

कुनैपनि तस्वीर बनाउनका लागि तपाईंले एउटा Prompt को प्रयोग गर्नुपर्ने हुन्छ । यो Prompt तपाईंले Newbeis नामको ग्रुपमा पाउन सक्नुहुन्छ । कुनै पनि फोटोका लागि कमान्ड दिनुअघि तपाईंले image prompt प्रयोग गर्नुपर्ने हुन्छ ।

–एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार