शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचित्र संसार
  • कबाब किन्न गएका व्यक्ति १६ करोड लिएर घर फर्किए

कबाब किन्न गएका व्यक्ति १६ करोड लिएर घर फर्किए

  • शुक्रबार, जेष्ठ २६, २०८०
कबाब किन्न गएका व्यक्ति १६ करोड लिएर घर फर्किए

मान्छेको भाग्य कहिले चम्किन्छ ? कसैले भन्न सक्दैन । एकजना ड्राइभरलाई नै हेर्नुस् न । चिकेन कबाब किन्न गएका उनी १६ करोड रुपैयाँको मालिक भएर घर फर्किएका छन् ।

करोडपति बनेसँगै उनमा खुसीको सीमा छैन । सो रकम राम्रोसँग उपयोग गरेर आफ्नो र परिवारको जीवनस्तर सुधार्ने योजना छ उनको ।

यो घटनामा बेलायतको लिचेस्टर सिटीमा भएको हो । मिरर युकेमा प्रकाशित भएको समाचार अनुसार ५१ वर्षका स्टिभ गुडविन हालै यात्राका क्रममा कबाब किन्नका लागि एउटा कबाब पसल बाहिर रोकिएका थिए । उनले अर्डर गरेको कबाब तयार हुन केही समय लाग्यो । त्यो मौका छोपेर उनी नजिकै रहेको एउटा पसलबाट नेसनल लट्रीको एउटा टिकट खरीद गरे । त्यहीँ टिकटबाट उनले १ मिलियन पाउण्ड (नेपाली रुपैयाँमा हिसाब गर्दा १६ करोड) भन्दा धेरै रकम जिते ।

एकाएक करोडपति बनेसँगै उनको आँखामा आँशु आए । उनले भनेका छन् : कबाबको अर्डर दिएर कबाब पसल बाहिर उभिइरहेको थिएँ । त्यही बेला दिमागमा सोँच आयो र नजिकैको पसलबाट लट्री टिकट खरीद गरेँ, जसले मेरो भाग्य नै बदलिदियो ।’

सो रकमबाट सुरुमा एउटा घर किन्ने र त्यसपछि आफ्नी पत्नीलाई विदेश घुम्न लैजाने उनको योजना छ । स्टिभका अनुसार उनले खरीद गरेको लट्रीको टिकट नम्बर ७३ थियो । सोही टिकटबाट १० लाख पाउण्ड जित्छु भन्ने उनलाई कुनै कल्पनासम्म पनि थिएन । तर जब उनलाई लट्री अफिसबाट कर्मचारीहरुले फोन गरेर चिठ्ठा जितेको जानकारी दिए उनी दंग परे । यसरी उनी एक झट्कामै १६करोड रुपैयाँ भन्दा बढिको मालिक बने । त्यसपछि आँखामा आँशु भरेर बस चलाउँदै उनी घर फर्किए ।

घर गएर अघि खरीद गरेको कबाब निकालेर खान थाले । तर खुसीले कबाब खान पनि सकेनन् । आखिर कबाबले नै उनलाई करोडपति बनाइदिएको उनलाई लाग्यो । रातभर सो टिकटलाई सिरानीमुनि राखेर सुते तर निद्रा परेन ।

आफूले चिठ्ठा जितेको कुरा उनले सबैभन्दा पहिले आमालाई फोन गरेर जानकारी दिएका थिए । तर सुरुमा त परिवारका कसैले पनि उनको कुरा पत्याएनन् । तर अन्ततः त्यो यथार्थ पत्याउनुको विकल्प पनि त थिएन । करोडपति बनेपनि स्टिभले पूरानो पेशा छाडेका छैनन् । उनले अहिलेपनि आफ्नो बस चालकको पेशालाई निरन्तरता दिएका छन् ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार