सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहितको टोली भारत प्रस्थान
धनगढी — भारतको विदेश मन्त्रालयको औपचारिक निम्तोमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा १० सदस्यीय टोली आज भारत प्रस्थान गरेको छ । नेपालका मुख्यमन्त्रीलाई भारतले सिधै भ्रमणमा निम्त्याएको सम्भवत पहिलोपटक हो । मुख्यमन्त्री नेतृत्वको भ्रमण टोलीमा प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा […]