शुक्रबार, साउन ३, २०८२
  • होमपेज
  • समाज
  • बाजुरामा बाटोबाट लडेर एक युवकको मृत्यु

बाजुरामा बाटोबाट लडेर एक युवकको मृत्यु

  • शनिबार, असार २१, २०८२
बाजुरामा बाटोबाट लडेर एक युवकको मृत्यु

बाजुरा– बाजुरामा बाटोबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढीनन्दा नगरपालिका ३ सिराडीका अन्दाजी २२ बर्षका दिनेश बोहरा रहेका छन् । शनिवार बिहान स्थानीयले उनलाई सोही ठाउँको घोडाकोटी खोलामा मृत अवस्थामा फेला पारेका थिए ।

स्थानीयले काठेपुलबाट खसेको भनि जानकारी दिएपछि तत्काल इलाका प्रहरी कार्यालय बुढीनन्दाका प्रहरी निरीक्षकको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीको टोलीले बुझ्‌दा मृतक बोहरा सिलाजित भन्ने ठाउँबाट आफ्‌नो घर जाने क्रममा बाटोबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

उनलाई घोडाकोटी खोलाको किनारामा कम्मर भन्दा माथिको भाग पानीमा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक बोहराको शव पोष्टमार्टमका लागि कोल्टी अस्पतालमा ल्याइएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार